कतार एयरवेजमा यात्रा गर्नेलाई ५० प्रतिशत सम्म छुट

  २०७५ पुष २४ गते १७:४९     विकासन्युज

काठमाडौं।  २०१९ मा नयाँ र रोमाञ्चक गन्तव्य घुम्न खोज्ने यात्रुहरूलाई लागि कतार एयरवेजले आफ्ना विश्वव्यापी रुपमा लागु हुने गरी नयाँ अफर ल्याएको छ। कतार एयरवेजको यात्रुहरूले यस विशेष समयमा विशेष छूट पाउनुको साथै हरेक यात्रा अविस्मरणीय क्षणको रुपमा रहने एयरलाइन्सले विश्वाश राखेको छ।

७ जनवरी देखी ३१ डिसेम्बर २०१९ को बीच यात्राको लागि ७- १६ जनवरी २०१९ बाट बुक गरिएको सबै कतार एयरवेज उडानहरूमा उक्त अफर लागु हुनेछ। यस अवधिमा फ्लाइट बुक गर्ने यात्रुहरुले ५० प्रतिशतसम्म छूट पाउनुको साथै अझै थप ५० प्रतिशत बोनस क्युमाईल्स पनि प्राप्त गर्न सक्नेछन्।

कतार एयरवेज प्रमुख वाणिज्य अधिकारी, ईहाब आमिन भन्छन्,” हामी हाम्रो यात्रुहरुलाई यस अफर दिन पाएकोमा धेरै खुशी छौ, हामी सबैलाई यस अफरको भरपुर फाईदा लिनुहुन आग्रह गर्दछौ।”

यो अफर यात्रुहरूले https://www.qatarairways.com/en-np/offers/new-journey.html मा गएर अथवा कतार एयरवेज विक्रय कार्यालय, वा उनीहरूको नजिकैको ट्राभल एजेन्टलाई सम्पर्क गरेर लिन सक्नेछन्।

विश्वका सबैभन्दा तेज विकशिल एयरलाइन्सको रूपमा रहेको कतार एयरवेजलाई २०१८ मा ‘बेस्ट बिजनेस क्लास’ र ‘बेस्ट बिजनेस क्लास सीट’ को अवार्ड दिईेएको थियो। कतार एयरवेजले विश्वका १ सय ५० भन्दा बढी गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.