स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरुलाई त्रिविको निर्देशन

  २०७५ पुष २४ गते ७:११     विकासन्युज


काठमाडौं।त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको तयारी गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यका भित्र र बाहिरका आंगिक क्याम्पसहरुमा स्ववियु चुनाबको पूर्व तयारी गर्न निर्देशन जारी गरेको हो ।

त्रिविका आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष तरीकाले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।

विभिन्न असहमति तथा बिरोधका कारण २०६५ सालपछि एकैपटक २०७३ सालमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.