नेपाली कामदारलाई जापान लैजाने प्रकिया शुरू, छनोट विधि प्रतिष्पर्धात्मक र पारदर्शी बनाइने

  २०७५ पुष २३ गते २१:१०     विकासन्युज

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगाेले नेपाली कामदार जापान लैजाने प्रकिया शुरू भएकाे नेपाल सरकारलाइ जानकारी दिएका छन् । नेपाली कामदारलार्इ जापान लैजाने प्रकिया शुरू नभएकाे श्रम विभागले दावी गरिरहेकाे बेलामा राजदूत साइगाेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगले कामदार लैजाने प्रकिया शुरू भएकाे जानकारी दिएका हुन् ।

नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई प्रतिस्पधी, पारदर्शी तथा भरपर्दो बनाइने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच यस विषयमा सहमति भएकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले साेमबार भएकाे भेटमा कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा गर्ने सहमति भएकाे हाे ।

नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत मन्त्री विष्टले जाेड दिएका छन् । सो अवसरमा उनीहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताए । उनले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराएका छन् । नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउने तयारी भएकाे उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.