अष्ट्रेलियाको उत्तरी क्षेत्रमा ३ बर्ष काम गर्ने कुशल आप्रवासीलाई सिधै पिआर !

  २०७५ पुष २३ गते २०:३०     डोमी शेर्पा

काठमाडौं। अष्ट्रेलियाको उत्तरी प्रदेशले विभिन्न् ११७ वटा पेसामा कुशल आप्रवासीहरुको लागि आफ्नो ढोका खोलेको छ र यस योजनाको अनुसार उक्त क्षेत्रमा ३ बर्ष काम गर्ने र बस्नेलाई पिआर दिने भएको छ।

सिडनी र मेलबोर्न जस्ता अष्ट्रेलियाका प्रमुख शहरहरूमा ठुलो संख्यामा रहेका अप्रवासीको जनसंख्यालाई सबै ठाउँमा उचित रुपमा ब्यवस्थापन गर्नको लागि अष्ट्रेलियाको सरकारले यस्तो नयाँ योजना बनाएको हो।

डामा नाम गरिएको उक्त योजना श्रम गर्ने मानिसको कमी को सामना गरिरहेको र जनसंख्या बढावको आवश्यकता रहेको अष्ट्रेलियाको दुई क्षेत्र : विक्टोरिया को वारनमंबल क्षेत्र र उत्तरी क्षेत्रको लागि रहेको छ।

उत्तरी प्रदेशको यो दोस्रो-यस्तो सम्झौता, जनवरी १, २०१९ देखी लागु भएको हो।Darwin Waterfront

“सरकारले हाम्रो राज्यका अन्य क्षेत्रहरुको आवश्यकताहरु पुरा गरी त्यस क्षेत्रलाई पनि अन्य विकसित क्षेत्रहरु जस्तो राम्रो बनाउनको लागी नयाँ आवगमन योजनालाई लागु गरेका हो,” अष्ट्रेलियाको अध्यागमन, संस्कृतिक तथा नागरिक मामिला मन्त्री डेभिड कोलम्यान भन्छन्।

नयाँ आवगमन प्रणालीले क्षेत्रीय स्तरको क्षमता र सिपको दुरिलाई घटाउन मद्त गर्ने उत्तरी प्रदेश सरकारको विश्वाश छ।

आफुहरुको पहिलो प्राथमिकता सधैँ अष्ट्रेलियाका नागरिकको नै हुने र उत्तरी प्रदेश सरकारसँग आफुहरुले गरेको सम्झौताले उक्त क्षेत्रको आवश्यकतालाई पुरा गर्न सहयोग गर्ने भएकोले आफुहरु धेरै खुशी भएको कोलम्यानले बताए।

उत्तरी प्रदेश सरकार र संघीय सरकारले ११७ पेसालाई सूचीबद्ध गरेको छ।

( एसबीएसबाट नेपालीमा  उल्था गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.