राष्ट्रिय वाणिज्य बैंकले दिन थाल्यो ३ प्रतिशतमै कर्जा, कसरी लिने ?

  २०७५ पुष २३ गते १६:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै कर्जा दिन सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रमसँग सम्बन्धित परियाेजना धिताेमा प्रदान गरिने कर्जाकाे वितरण आजबाट सुरु गरेकाे हाे ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले  भीमप्रसाद अधिकारीलाई शिक्षित युवा स्वरोजगार कर्जा र रजनी आयुलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको चेक हस्तान्तरण गरेर कर्जा कार्यक्रमको सुरुवात गरेका थिए ।

बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा ३.३३ प्रतिशत र महिला उद्यमशीलता कर्जामा २.३३ प्रतिशत ब्याजसहित अधिकतम ५ कराेडसम्म कर्जा उपलब्ध गराउनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल आधार ब्याजदर ६.३३ प्रतिशत छ । त्यसमा २ प्रतिशतसम्म ब्याज प्रिमियम थप गर्न पाउने नियम छ । सरकारले त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जाको हकमा ५ प्रतिशत ब्याज अनुदान दिँदा ऋणीले क्रमशः २.३३ प्रतिशत र ३.३३ प्रतिशत कायम रहन गएको हो ।

कसरी लिने कर्जा ?

राष्ट्रिय वाणिज्य बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ । जसका लागि आफूले लिन चाहेको कर्जाको प्रकार, रकम र आवश्यक कागजातसहित आफ्नो नजिकको शाखामा आवेदन दिनुपर्नेछ ।

आवेदकले बैंकले उपलब्त्र गराएको कर्जा फाराम भरी बैंकले नै उपलब्ध गराएको परियोजना प्रस्ताव ढाँचाअनुसारको प्रस्ताव पेश गर्नुपर्नेछ भने व्यक्तिगत प्रयोजनका लागि व्यक्तिगत प्यान र संस्थागत प्रयोजनको लागि फर्म वा कम्पनीको स्थायी लेखा नम्बर आवश्यक हुन्छ ।

कर्जा परियाेजनाकाे प्रकार र माग गरिएकाे रकमका अाधारमा किस्ताबन्दीमा उपलब्ध हुनेछ ।

के के चाहिन्छ कागजात ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.