कार्यकर्तालाई माधव नेपालको निर्देशनः सरकारको बचाउमा लाग्नुस्

  २०७५ पुष २३ गते ७:५९     विकासन्युज

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको आरोप लगाएका छन् ।

उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको बताए । नेता नेपालले भन्छन, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.