एउटै माछाकाे मूल्य ३५ करोड, सबैभन्दा महंगाेमा विक्री

  २०७५ पुष २२ गते १६:०९     विकासन्युज

काठमाडौं । जापानको टोकियोमा टुना माछाको रु ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ रहेको छ । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो ।

विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।“टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए ।

यस अघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य रहेको थियो । पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउने जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले बताएका छन् । रासस/ एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.