सुजुकी बर्गम्यान १२५ स्कूटर तुलसीपुरमा लन्च

  २०७५ पुष २२ गते १५:१५     विकासन्युज

काठमाडौं । सुजुकी टु ह्वीलर्सको तुलसीपुरको लागी आधिकारीक विक्रेता न्यू केसी अटोमोबाइल्स प्रालीले सुजुकी बर्गम्यान १२५ आजबाट औपचारीक रुपमा विक्रि शुभारम्भ गरेको छ । यो आकर्षक तथा सुविधाजनक म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ ।

यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा न्यू केसी अटोमोबाइल्स प्राली संचालक प्रेम केसीले जानकारी गराएका थिए । यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कूटर पनि हो ।

हाल यसको बजार मूल्य २ लाख २९ हजार ९०० रूपैयाँ कायम गरिएको छ । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् र नेपालभर ८३ ठाउ बाट एउटै छाना सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री बितरण नेपाल को ठुलो घराना भी जी आटोमोबाइलस ले गर्दै आएको छ ।

तुलसीपुर तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने रा न्यू के सी अटोमोबाइल्स प्रा ली ले सेल्स, सर्भिस र स्पियर्स सजीलो सँग उपलब्ध गराउदै आएको छ । आइतबार(आज) तुलसीपुर महानगरपालिका बडा नं ५ का अध्यक्ष प्रमुख अतिथि बिरेन्द्र शाहबाट विधिवत रुपमा सुजुकी बर्गम्यान १२५ सीसीको बिक्रि शुभारम्भ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.