अल्फा बिटा इन्स्टिच्युटकाे बाह्रौं सेन्टर लाजिम्पाटमा, ५० प्रतिशत छुटको व्यवस्था

  २०७५ पुष २२ गते १४:००     विकासन्युज

काठमाडौं । २८ औं वर्षमा प्रवेशसँगै अल्फा बिटा इन्स्टिच्युटले काठमाडौँको लाजिम्पाटमा बाह्रौं सेन्टरको उद्घाटन गरेको छ । आयोजित उक्त कार्यक्रमबीच नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदुत पिटर बडको कर वाहुलीबाट उद्घाटन गरिएको हो । अल्फा बिटा इन्स्टिच्युट लाजिम्पाट सेन्टरमा ५० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गरिने पनि जानकारी दिएका छन् ।

कार्यक्रममा न्यु साउथ वालेस्का लागि नेपालका महा वाणिज्यदुत दिपककुमार खड्का तथा आईडिपी आईएलटीएस्का कविर खड्गी लगायतका वरिष्ठ पाहुनाहरुको उपस्थिति रहेको थियो । उद्घाटन पूर्वको औपचारिक कार्यक्रम अल्फा बिटा बाह्रौं सेन्टर नजिकै रहेको होटेल अम्बासडरमा भएको हो ।

कार्यक्रममा बोल्दै महामहिम राजदुत पिटर बडले नेपाल र अष्ट्रेलिया बीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा बताएका छन् । कार्यक्रममा अल्फा बिटा इन्स्टिच्युटका कार्यकारी अध्यक्ष्य द्विराज शर्माले अल्फा बिटा इन्स्टिच्युट ले प्रदान गर्दै आएको गुणस्तरीय सेवालाई अझ विस्तार गरिदै लैजाने र थप सुविधा मुखी बनाइने बताएका छन् ।

विशिष्ट अतिथिहरुको समुपस्थितिमा भएको उक्त अल्फा बिटा लाजिम्पाट सेन्टरमा इन्टरनेशनल एजुकेशन फेयरको पनि आयोजना गरिएको छ । उक्त फेयरमा अष्ट्रेलिया लगायत अन्य देशका विभिन्न विश्व विद्यालयका प्रतिनिधिहरुले आफ्नो शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.