म्याग्दीको तातोपानीमा ‘बाथ टब’ निर्माण

  २०७५ पुष २२ गते ११:०२     विकासन्युज

गलेश्वर। प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो ।

यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उनको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.