बाँकेको नरैनापुर ‘ल्याप्चे मुक्त’ गाउँपालिका निर्माण अभियानको शुरुवात

  २०७५ पुष २० गते १६:३२     विकासन्युज

काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका निर्माण गर्ने अभियान अगाडी सरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले, गाउँपालिकाका बनाउने अभियान शुरु गरेको जानकारी दिँदै १२ हजार बढी नागरिक निरक्षर रहेको बताएका छन् ।

गाउँपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन गरेर साक्षर बनाउँनुको साथै ‘ल्याप्चे मुक्त’ क्षेत्र बनाउने अभियान रहेको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन् । ल्याप्चेका कारण सामाजिक सुरक्षाभत्ता वितरणमा समेत समस्या भइरहेको हुँदा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा तीन हजारलाई साक्षर बनाइने भएको छ ।

अध्यक्ष साहका अनुसार पहिलो चरणमा साक्षर गराएकाले बाँकी रहेका निरक्षरलार्ई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । चैतभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

नरैनापुरसँगै नेपालगञ्ज उपमहानगरका विभिन्न वडा र बाँकेमा गरी अझै ८० हजारको हाराहारीमा नागरिक निरक्षर रहेको तथ्याङ्कले जनाएको छ । उक्त गाउँपालिकालाई साक्षर बनाउन अभियान सुचारु गरेको बताएका छन ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.