आइएमई सेवाग्राही झागडले जिते २० लाख रुपैयाँ, ८५६ जना पुरस्कृत

  २०७५ पुष १९ गते १८:४३     विकासन्युज

काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सेवाग्राही धिरेन्द्रकुमार झागडले २० लाख रुपैयाँ जितेका छन् । कम्पनीले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको उक्त योजना अन्तर्गत मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही झागडले उक्त रकम पाएका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कम्पनीले बिहीबार भाग्यशाली विजेता छनोट कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको व्यापार अभिवृद्धि भएको बताएका छन् ।

ब्राण्ड एम्बासडर दीपकराज गिरि र दीपाश्री निरौलाले विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गरेका थिए ।

यो योजना गत असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू भएको थियो । जसअन्तर्गत दैनिक लक्कीड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्कीड्र’ मा १२, मासिक ‘लक्कीड्र’ मा ३ र बम्पर ‘लक्कीड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.