नेपालीलाई खुरुखुरु भिसा दिँदै अष्ट्रेलिया, यो वर्ष सबैभन्दा बढी भिसा पाउनेमा नेपाली

  २०७५ पुष १९ गते १७:३७     डोमी शेर्पा

काठमाडौं। पछिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियामा भिसा पाउने दर बढ्नेमा सबैभन्दा अगाडि नेपाली रहेका छन्।

अष्ट्रेलियाको आन्तरिक विभागको अनुसार अस्ट्रेलिया बाहिर बसेर भिसा आवेदन गर्ने नेपालीहरुको भिसा पाउने दर ४१.५ प्रतिशतले वृद्धि भएको हो। यस बर्ष भिसा पाउने दरमा भारत ३२.५ प्रतिशत सहित दोस्रो स्थानमा छ भने चीन ३.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेको छ।

२०१७/१८ को अवधिमा ४१३,३२७ विद्यार्थीले भिसा आवेदन दिएकोमा अष्ट्रेलियन सरकारले ३७८,२९२ विद्यार्थीहरुलाई मात्र भिसा प्रदान गरेको थियो। (१ जुलाई २०१७ देखि ३० जून २०१८ सम्म)

अष्ट्रेलिया भित्र र अष्ट्रेलिया बाहिर रहेका नेपालीले पछिल्लो महिना मात्र २,२३१ भिसा पाउँदै हालको आर्थिक वर्षमा राम्रो गरिरहेका छन्।

गत बर्षको नोभेम्बरमा मात्र १,४४४ विद्यार्थीलाई भिसा दिइएको तुलनामा यस बर्षको संख्या ५४.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

चार देशहरु चीन, भारत, नेपाल र ब्राजीलले अष्ट्रेलियाका शिक्षा उधोगको नेतृत्व गरिरहेको छ। यस वर्षको ३० जुनसम्ममा अष्ट्रेलियामा विद्यार्थी भिसा पाउनेमा ५० प्रतिशत संख्या चीन, भारत, नेपाल र ब्राजीलको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.