चीनकाे सबैभन्दा ठूलाे टेलिकमकाे स्मार्टफाेन नेपाली बजारमा, १८ हजारदेखि ४२ हजारसम्म पर्ने

  २०७५ पुष १९ गते १३:३८     विकासन्युज

काठमाडौँ । चीनकाे सबैभन्दा ठूलाे कम्पनीकाे सहब्राण्डकाे रुपमा रहेकाे अनरले नयाँ वर्षमा नयाँ स्मार्टफाेन ल्याएकाे छ । क्राताेस टेक्नाेलाेजीले साे ब्राण्डका स्मार्टफाेनहरुलार्इ नेपाली बजारमा भित्र्याएर बुधबारदेखि बिक्री सुरु गरेकाे छ ।

टेक्नाेलाेजीले ४ माेडलका स्मार्टफाेनहरु ल्याएकाे छ जसमा अनर सेभेन ए, अनर सेभेन एस, अनर ऐट एक्स र अनर प्ले माेडलहरु छन् । अनर सेभेन ए मूल्य १८ हजार ४९०, अनर सेभेन एसकाे १५ हजार ४९०, अनर ऐट एक्सको ३२ हजार ४९० र अनर प्लको ४२ हजार ४९० रुपैंया ताेकिएकाे छ ।

यी स्मार्टफाेनहरु प्रयाेगकर्ताहरुलार्इ चलाउन सजिलाे र रचनात्मक रहेकाे दाबी कम्पनीले गरेकाे छ । यसले स्मार्टफाेनकाे दुनियामा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास पनि कम्पनीकाे छ । स्मार्टफाेनकाे लञ्चिङ कार्यक्रममा अनर कम्पनीका रिर्चस मेन्गीले भने ‘यो ब्राण्डको रचना नै डिजिटल दुनियाँको सागहरु सम्बोधन गरियको छ । ’  डिजिटल युगको आवश्यकता, अनरको मूल्य र कार्य दक्षताको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.