वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा श्रृंखला खतिवडा नियुक्त

  २०७५ पुष १८ गते १७:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने र व्यवसाय प्रवद्र्धन गर्ने बताएका छन् ।

सो कार्यक्रममा दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुँदै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.