चितवनको खैरहनीमा ‘खिचरा’ महोत्सव हुँदै, पुस २८ गतेदेखि शुरु

  २०७५ पुष १८ गते १५:४५     प्रनिश थापा

चितवन। थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु संस्कृति झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ ।

त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरु रहनेछन् । महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत हुने बताइएको छ । यस्तै, साँस्कृतिक कार्यक्रमलाई पनि यस वर्ष विशेष जोड दिईएको छ । यस वर्ष चर्चित कलाकाहरुको विशेष प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

महोत्सव पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिका-५, गौचरनमा हुन लागेको महोत्सव मुल आयोजक समितिका क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले बताए । थारु समुदायले माघ १ गते नयाँ वर्षको रुपमा खिचरा (माघी) पर्व मनाउँदै आएका छन् । यही वर्षमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले खिचरा महोत्सव गर्दै आईरहेको छ । महोत्सवमा प्रत्येक वर्ष दर्शकहरुको घुइचो लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.