रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन उद्घाटन गर्याे ७ नयाँ शाखा

  २०७५ पुष १७ गते १५:४५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन ७ नयाँ शाखाहरुको उद्घाटन गरेको छ । इन्स्योरेन्सले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी ७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो ।

वीरगंजशाखाको उद्घाटन कम्पनीका अध्यक्ष ताराचन्द केडिया र वीरगंज महानगरपालिकाका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् ।

कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप-प्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.