सुजुकी वर्गम्यान १२५ स्कुटरकाे लन्च सुजुकी शोरुम भरतपुरमा

  २०७५ पुष १६ गते १६:५८     विकासन्युज

काठमाडौं । भरतपुर, चितवनको लागि सुजुकी टु व्हिलर्सको आधिकारीक बिक्रेता सेभ ईन्टरनेशनलले सुजुकी बर्गम्यान १२५ बिक्रीको सुरुवात गरेको छ । २ लाख २९ हजारमा बजार मुल्य रहेको उक्त स्कुटरको ५ वर्ष ईन्जिन वारेन्टी रहेको छ ।
सुजुकीले भरतपुर तथा आसपासका क्षेत्रमा बिक्री, बिक्री पछिको सेवा र पार्टसहरु प्रभावकारी रुपमा प्रदान गरिरहेको सेभ ईन्टरनेशनलका संचालकले बताएका छन् ।

मिस्टर नेपाल २०१८ का राष्ट्रिय विजेता विकल्पराज श्रेष्ठ र सुजुकी नेपालको तर्फबाट मार्केटिड्ड मेनेजर नवराज कोइराला तथा अन्य अतिथिहरुको रोहवरमा सुजुकी बर्गम्यान १२५को लंचिड्ड तथा विक्री सुरुवात भरतपुरमा गरिएको हो ।

जापानीज कम्पनी सुजुकी वर्गम्यान १२५ मा १४ ईन्चको ट्युबलेस ठूला टायर दिईएका छ साथै ७ हजार ५ सय आरपिएम,  ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसि.को ईन्जिन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.