कृषि, पर्यटन, उद्योग तथा व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि अर्घाखाँची महोत्सव हुँदै

  २०७५ पुष १६ गते १४:०४     विकासन्युज

काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ् चौथो अर्घाखाँची महोत्सव अर्घाखाँचीको सन्धिखर्कमा हुनेछ ।

अर्घाखाची उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको यस महोत्सवमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको व्यवस्थापनमा अर्घाखाची सन्धिखर्कमा आयोजना हुन लागेको हो ।

धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय रुपमा चिनाउने औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताएका छन् ।

२ सय भन्दा बढि स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष महतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.