तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ- चन्द्रप्रसाद ढकाल

  २०७५ पुष १५ गते १६:२३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तह(स्थानीय, प्रादेशिक र केन्द्रिय)का सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् ।

ढकालले देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने विचार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रदेश नम्बर ३ का मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.