मधुसुदन उपाध्यायको नेतृत्वमा सोट्टो-नेपाल, यस्तो छ नयाँ कार्यसमिति

  २०७५ पुष १५ गते १५:४७     विकासन्युज

काठमाडौं। सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो-नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह-कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् । यस्तै सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी(सागर), आनन्दकुमार क्षेत्री(विश्वास), रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।

साधारणसभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले अहिले योजना आयोगले दीर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिएका छन् । साे अवसरमा पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायीलाई आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा नवनिर्वाचितहरुलाई बधाई दिँदै लामो समयदेखि पर्यटन क्षेत्रका व्यक्तित्वलाई उत्प्रेरणा दिँदै आएका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले गफमा भन्दापनि काममा जोड दिन सबै पर्यटन क्षेत्रका व्यक्तित्वलाई आग्रह गरे । सो अवसरमा उनले पर्यटनका योजनाहरु निबन्ध लेखेजस्तो भन्दा पनि ठोसरुपमा कार्यान्वयन हुनेतर्फ केन्द्रित बनाउनुपर्नेमा योजना आयोगको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा अन्य संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीले पर्यटन क्षेत्रको विकासबारे आ-आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.