विदेशीले बनाए एक महिना मै स्कूल, गोर्खा इको प्यानलले दियो छुट

  २०७५ पुष १४ गते १५:४६     विकासन्युज


काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको वस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् ।

चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भब भएको हो । इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए ।

उनी र तिनको टोली आनन्द देवकोटा र जुनुमाया लामाको टिमले नेपालको वर्दघाट वडा नं १२ नवलपरासीमा स्कुल भबन बनाइदिएको हो । पोहोर साल पनि सोही टिमले काभ्रेमा स्कुल बनाइदिएको थियो ।

ग्याभिन सिड्नी स्थित एक स्कूलका प्रिन्सिपल हुन् । स्कुल भबन बनाउन एक महिना मात्रै लागेता पनि ग्याभिनलाई स्कुल बनाउनको निम्ति पैसा उठाउन झण्डै एक वर्ष लागेको थियो ।

उनले आफनो देशमा म्याराथुन जस्ता क्रियाकलापहरु गरी नेपालमा स्कुल बनाउन अष्टेलियाबाट सहयोग जुटाएका थिए ।
उनीहरुले बनाइदिएको स्कुलमा अति विपन्न चौधारी, मुसुहर, राई, लिम्बू बाहुन, क्षेत्रीसहित विभिन्न जातिका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने जनाइएको छ ।

गोर्खा इको प्यानलको सहयोगपछि स्कुल बनाउन सम्भब भएको हो । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यालनले प्यानलमा भारी छुट प्रदान गरी सहयोग पुर्याएको हो ।

ग्याभिन र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालबीचको मित्रताले यो सफलता मिलेको बताइएको छ ।

सामाजिक उतरदायित्व अन्तर्गत एक महान काममा आफनो कम्पनीले सक्दो छुट दिई सहयोग गरेको ईन्जिनियर दुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.