आत्महत्यासम्बन्धी डरलाग्दो तथ्याङ्क : दैनिक १५ नेपालीले गर्छन् आत्महत्या

  २०७५ पुष १४ गते ६:००     विकासन्युज

काठमाडौ। नेपाल प्रहरीको रिपोर्ट अनुसार नेपालमा हरेक दिन १५ जना मानिसले आत्महत्या गर्ने गरेका छन्। गत आर्थिक बर्षमा मात्रै ५ हजार जनाले आत्महत्या गरेको रिपोर्टले बताएको छ। आत्महत्या गर्ने मानिसहरुमा सबैभन्दा बढी उमेर समुह १५ देखी ४९ बर्षको रहेका छन्।

आत्महत्या गर्नको मुख्य कारण लैङ्गिक हिंसा, बैदेशिक रोजगार, अनिस्चित भविस्य, राजनीतिक अस्थिरता, गरिबी, वर्तमान अवस्थामा खाना, लाउनको समस्या, मनोबैज्ञानीक शिक्षाको अभाव देखिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए।

यसलाई रोक्न सबैभन्दा पहिला शिक्षाको आवश्यक रहेको र शारीरिक स्वास्थ्यलाई जति महत्वो दिईन्छ त्यती नै महत्वो मानसिक स्वास्थ्यलाई पनि दिन जरुरी रहेको मन्त्री यादवले बताए।

नयाँ स्वास्थ्य निती तयार भईरहेको र त्यसमा शारीरिक स्वास्थ्यलाई र मानसिक स्वास्थ्यलाई उत्तिकै स्थान दिईने यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.