८ घण्टा भन्दा बढी सुत्नु हुन्छ ? होशियार ! चाँडै मृत्युको मुखमा पुगिएला

  २०७५ पुष १३ गते १२:३६     विकासन्युज

काठमाडौं। बयस्क उमेर समुहलाई ६-८ घण्टा सुत्न उपयुक्त मानिन्छ। युरोपेली हार्ट जर्नलमा बुधवार प्रकाशित एक विश्वव्यापी अध्ययनको अनुसार ६-८ घण्टा भन्दा बढि सुत्ने मानिसमा मृत्यु र हृदय रोगको जोखिम बढी हुने गर्दछ।

अनुसन्धान टोलीले २१ वटा देशहरूको तथ्यांक अध्ययन गरे अनुसार उपयुक्त समय भन्दा बढी सुत्दा व्यक्तिहरूले हृदयघात जस्तै स्ट्रोक वा हृदय विफलता हुने खतराका साथै मृत्‍यु हुने सम्भावना ४१ प्रतिसतले बढेर जान्छ।

अझै दिउँसो सुत्ने मानिसहरुमा यसको खतरा बढी देखिएको छ।

धेरै सुत्ने बानीलाई कसरी हटाउने ?

‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।

तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्।

उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ।
हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्।

कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्।

हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्।

यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ।

सिएनएनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.