सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

  २०७५ पुष १३ गते ११:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो ।

साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक न.पा – ४ को प्रधानाध्यापक रामशरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् ।
काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.