सुजुकी बर्गम्यान १२५ स्कूटरको पोखरामा पनि बिक्री शुरु, २ लाख २९ हजार रुपैयाँमा पाइने

  २०७५ पुष ११ गते १७:०७     विकासन्युज

काठमाडौं । सुजुकी टु ह्वीलर्सको आधिकारीक विक्रेता हिमालय अटो वर्ल्ड पोखराले सुजुकी बर्गम्यान १२५ स्कूटरको बिक्री शुरु गरेको छ । बजारमा यस स्कूटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

म्याक्सी-स्कूटरको नामले चिनिने यो स्कूटरमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन् । सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता रहेको छ । त्यस्तै, यसमा १२४.३ सीसीको शक्तिशाली इन्जिन जडित रहेको कम्पनीले जनाएको छ ।

५.६ लिटर क्षमताको पेट्रोल अट्ने क्षमता रहेको यस स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.