निसानले ल्यायो ‘विन्टर फेष्ट अफर’, गाडी खरिदमा ५ लाखसम्म छुट

  २०७५ पुष १० गते १७:०८     विकासन्युज

काठमाण्डौ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’को उपहार योजना ल्याएको छ ।

यो उपहार योजना निसानका सबै गाडीहरु ल्ष्ककबल ह्(त्चबष्,ि त्भचचबलय, ल्बखबचब, क्गललथ, ःष्अचब ब्अतष्खभ मा लागू हुने कम्पनीले जनाएको छ ।

निसान “विन्टर फेष्ट अफर”योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँचलाखसम्म छुट पाउन सक्ने छन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनसबाट पनि ग्राहकहरु लाभान्वित हुन सक्नेछन् ।

सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर”मार्फत अन्यथुप्रै सुविधाहरु पनिनिसानले दिने भएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्यबीमा(आफ्नो निकटतम परिवारका सदस्यहरुलाई) ३ वर्षको वारेन्टी र सर्भिसिङ र एकवर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।

पायोनियर मोटो कर्पका अनुसार यो योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङकन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा रहको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.