सिप्रदी अटोपार्टसको टाटागुरु भेलामा १२० बढी गुरु सहभागी, बिग्रिएका गाडी अब ४ घण्टा भित्रै बनाइसक्ने

  २०७५ पुष १० गते १६:०८     विकासन्युज

काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रा.लि द्धारा टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुरदेखि महेन्द्रनगर र पोखरासम्म गरी करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो ।

सिप्रदी अटोपार्टसको प्रतिवद्घता अनुसार टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विविध कार्यक्रमहरुका जानकारी दिइएको थियो । कार्यक्रमले टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पुर्णरुपमा सहयोग रहने र गुरुबाट पनि सहयोगको अपेक्षा रहेको सिप्रदीअटो पार्टसका माहाप्रबन्धक युवराज बुढाथोकीले बताए ।

सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि बिग्रीएको अधिकतम ४ घण्टाभित्रमा बनाइसक्ने कम्पनीको योजना रहेको छ । जसको लागि टाटागुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको कुरा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले हरेक मेकानिकले बदलिदो प्रविधिलाईलाई छिटो भन्दा छिटो अगिंकार गर्न सक्नुपर्छ भन्दै सम्पुर्ण अटो मेकानिक्सहरुलाई दक्ष बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी अटोमेकानिक्स महासघंका महासचिव ठाकुरप्रसाद न्यौपानैले विभिन्न ठाउँमा सिप्रदीले तालिमका कार्यक्रम संचालन गरी हाम्रा अटो मेकानिक्सहरुलाई सक्षम बनाउन खेलेको भुमिकाको सरहाना गरेका थिए ।

टाटा गाडिलाई बढी भन्दा बढी जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरुहरुलाई सम्मान तथा प्रोत्साहान गरीएको थियो ।

जसमा विशेष सम्मान प्राप्त गर्नेहरुमा, इटहरीका इस्राफील अन्सारी पहिलो, बुटवलका अशोक देवकोटा दोश्रो, महाकालीका विनोद राई तेश्रो, बुटवलका राजकुमार गौतम चौँथो, धनगढिका चतराज पाण्डे पाचौँ र हेटौँडाका गणेश बानिया छैटौँ भएका छन् । साथै सहभागी अन्य गुरुहरुलाई अन्य विधामा सम्मान गरीएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.