प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको प्रथम नेपाल एआई पाठशाला

  २०७५ पुष १० गते १५:५८     विकासन्युज

काठमाडाैं । नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँबजार, खुशीबुँमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला डिसेम्वर २० तारिख देखि ११ दिनसम्म सञ्चालन हुने भएको छ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्टडक्टरल अनुसन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्नुपर्ने बताएका छन् । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि बाहिरी देशसँग निर्भर हुन परिरहेको भट्टराईको भनाई रहेको छ ।

नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने बताएको छ ।
उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका व्यक्तित्वहरु सहभागि रहेका छन् ।

विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरिरहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र वहस हुनु सुखद विषय रहेको प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने बताएका छन् ।

नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफामुलक संस्थाको रुपमा नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँगमिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.