एउटा मोबाइल किन्दा अर्काे सित्तैमा, एक्सचेञ्ज मेला अब एक दिन बाँकी

  २०७५ पुष ९ गते १७:०९     विकासन्युज

काठमाडौं । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालनमा रहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिन मात्र सञ्चालन हुनेछ ।

एउटा मोबाइल किन्दा अर्काे सित्तैंमा अफर रहेको उक्त मेला मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

क्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने छ ।

मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंया सम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंया सम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान रहेका छन् ।

मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ता बन्दीमा किन्न सकिने आयोजकले जानकारी दिएको छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाइने भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.