सौराहा घुम्न जाँदै हुनुहुन्छ ? अब विद्युतीय सूचना पार्टीबाट पाइन्छ जानकारी

  २०७५ पुष ८ गते १६:२९     विकासन्युज

चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी (डिजिटल इन्फर्मेशन बोर्ड) निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो ।

सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको १० लाख र सङ्घको तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको छ ।

यही पुस ११ गतेबाट शुरु हुने महोत्सवको समयमा बोर्डको उद्घाटन गरिने घिमिरेले जानकारी दिए । बोर्डमा सौराहा क्षेत्रको पर्यटकीय ठाउँहरू, निकटका पर्यटकीय गन्तव्यहरू, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय, दूरी, ट्राफिक नियमलगायत महत्वपूर्ण सूचनाहरू राखिनेछ ।

सोही बोर्डमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यलाई सरसफाइ राख्नका लागि सार्वजनिक सन्देश पनि राखिने छ ।

बोर्डलाई सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकताअनुसार सन्देशहरू प्रवाह गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न बर्षेनी दई लाख हाराहारी पर्यटक आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.