नेपालकै सबैभन्दा ठुलो उद्यमशीलता सम्मेलन “नेक्स्ट ग्रोथ कन्क्लेभ २०१८” शनिबार हुँदै

  २०७५ पुष ६ गते ३:३०     विकासन्युज

काठमाडौं। नेपालमै व्यवसाय स्थापना गरी त्यसलाई विस्तार गर्न सोचमा रहेका उद्यमीहरुको सहयोगी हातको रुपमा रहेको ‘नेक्स्ट भेन्चर’ नेपालले तेस्रौ पटक नेपालकै सबैभन्दा ठुलो उधमसिलताको सम्मेलन ” नेक्स्ट ग्रोथ कन्क्लेभ-२०१८ ” यही डिसेम्बर २२ मा सोल्टी होटलमा आयोजना गर्दैछ । कार्यक्रम बिहान् ९ बजे देखी साँझ ६ बजे सम्म हुनेछ।

नेक्स्ट ग्रोथ कन्क्लेभ सबैभन्दा महत्वपूर्ण सुरुवात, साना व्यवसाय, उधमी, लगानीकर्ता, मिडिया तथा अन्य कर्पोरेट कार्यकारी र ग्लोबल स्पिकरहरुको भेला हो।

२०१६ मा सुरुवात गरिएको यस कार्यक्रमले २ बर्ष पार गरिसक्दा १५०० जना भन्दा बढी सहभागीहरु, ३३ ग्लोबल स्पिकर, ५५ कम्पनीहरुको उपस्थितीमा ३३ जना नयाँ उधमीहरुले आफ्नो व्यवसाय लन्च गरेका थिए। मिडियाको लागि मिडियाकक्ष र सम्भावित लगानीकर्ता र लगानी गर्ने कम्पनीहरुको लागि “इन्भेष्टर कक्ष” कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको छ जुन मिडिया प्रतिनिधिहरुलाई विशेष ध्यान दिएर बनाइरको छ।

कार्यक्रमलाई अझै राम्रो बनाउने उदेश्यको साथ यस बर्ष कम्पनीले १२ ग्लोबल स्पिकरहरू ल्याई कम्तीमा पनि स्टार्टअप भ्यालीमा २४ वटा स्टार्टअप कम्पनीहरू र ४० भन्दा बढी लगानीकर्ताहरु “लगानीकर्ता लाउन्जमा” राख्ने भएको छ। कम्पनीको अनुसार उद्यमी, स्टार्टअप कम्पनीहरू, कार्यकारीहरू, मिडिया, लगानीकर्ताहरु र अन्य सरोकारवालाहरु सँगसँगै ल्याइने सम्भवत: यो पहिलो कार्यक्रम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.