राजदेवी नगरपालिकाको आम्दानी ६६ लाख, लक्ष्य ५० किलोमिटर सडक बनाउने

  २०७५ पुष ५ गते २१:००     संजय सहानी

धीरेन्द्रकुमार सिंह

रौतहट । राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले चालू आर्थिक वर्षमा नगर क्षेत्र भित्र ५० किलोमिटर सड़क बनाउने लक्ष्य रहेको बताएका छन् । विहीवार आफ्नै कार्यकक्ष संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै मेयर सिंहले यस पालीको बजेट पूर्ण रुपमा पारदर्शी ढंगबाट कार्यान्वयन हुने दावी गरे ।

ठूला योजना टेण्डर मार्फत तथा सानो योजनाहरु उपभोक्ता समिति मार्फत बनाउने बताउँदै नगरपालिकाको आफ्नै मशिन सड़क मर्मत र निर्माणमा प्रयोग गरिने बताए । वड़ा अध्यक्षहरुलाई सहभागिता मूलक पारदर्शी रुपमा बजेट कार्यन्वयन गराउन स्पष्ट रुपमा निर्देशन दिइएको बताउँदै मेयर सिंहले जनताको कार्य जनताको सहभागितामा हुनु पर्नेमा जोड दिए ।

मेयर सिंहले विकास निर्माणको साथै नगरपालिकाको आन्तरिक व्यवस्थापन, सामाजिक, शैक्षिक विकास, आर्थिक सवलता, आयआर्जनको लागि रोजगारमूलक कार्यक्रमको तर्पm ध्यान केन्द्रित रहेको उल्लेख गरे । विकास निर्माण कार्यको लागि जनशक्तिको आभाव र भौतिक पूर्वाधारको समस्या रहेकोले यसको समाधान को लागि गृहकार्य भैरहेको जनाएका छन ।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिलीप सिंह धामीले रौतहटको ५ स्थानीय तहले बजेट बनाउन नसकेको अवस्थामा राजदेवी नगरपालिकाले बजेटको १ चौथाईका कार्यक्रम सञ्चालनमा ल्याइसकेको बताएका छन । अधिकृत धामीले योजना कार्यान्वयनको लागि सूक्ष्म अनुगमन प्रक्रिया अपनाउने बताए ।

दिलीप सिंह धामी

विनासूचनाको गठन गरिएको उपभोक्ता समितिको मान्यता नहुने प्रस्ट परे । धामीले यस वर्ष नगरपालिकाको आन्तरिक आय ६६ लाख हुनु पर्ने लक्ष्य राखेको बताए । नगरपालिकाको विकास निर्माणका लागि अपुग बजेटका लागि प्रदेश सरकार र केन्द्र सरकारबाट अनुदान लिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.