भायनेटको नयाँ शाखा पोखरामा, नोकियासँगको सहकार्यमा १०० एमबीपीएसको नेटवर्क शुरु गर्ने

  २०७५ पुष ४ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्यूनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरामा कम्पनीको यो पहिलो शाखा हो ।

भायनेटले नोकियासँगको सहकार्यमा आफ्नो “अल्ट्रा ब्रोडब्यान्ड” क्षमतायुक्त नेटवर्कको शुरुवात गर्दैछ । “अल्ट्रा ब्रोडब्यान्ड” भनेको यस्तो इन्टरनेट सेवा हो जसले १०० एमबीपीएस(मेगाबिट्स पर सेकेन्ड) भन्दा बढीको स्पीड प्रदान गर्न सक्छ ।

भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई २.५ जीबीपीएस(जीगाबीट्स पर सेकेन्ड)सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ । जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन(फोरके) भिडियो सामाग्री, आईपीटिभी, अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ । भायनेटले फ्युचर प्रुफ नेटवर्क निर्माणमा विश्वास राख्छ र प्रयोगकर्ताहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ ।

भायनेटको प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले भने- “भायनेटको प्यान नेपाल एफटीटीएच नेटवर्क विस्तारको योजना अनुरुप हामीले पोखरामा सफलतापूर्वक सेवा विस्तार गर्न पाएकोमा गौरवान्वित छौँ । पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौं । जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सँधै नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौं ।”

अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.