सिहंदरबारभित्रै कर्मचारी आन्दोलित, केपी ओलीलाई कार्यालयमै घेर्ने प्रयास

  २०७५ पुष ४ गते १४:४४     विकासन्युज

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले ल्याएको अध्यादेश कर्मचारीलाई मान्य नहुने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुको असहमति पत्र बोकेर ज्ञाननाथ ढकालको टोली सामान्य प्रशासन मन्त्रालय पुगेको थियो । तर कुनै आधिकारीक व्यक्ति नभेटेपछि उनीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको कार्यालय घेराउ गर्दै आफ्नो असहमति पत्र कार्यालयका सचिव रश्मिराज पाण्डेलाई बुझाएका छन् ।

कर्मचारीहरुले आफ्नो मागको सुनुवाई नभए चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.