मोनोरेल निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई, ३ वर्षमा कार्य सम्पन्न हुने

  २०७५ पुष ४ गते ११:३७     विकासन्युज

काठमाडौं। चक्रपथ मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ कम्पनी सिआरसीसीलाई नै जिम्मा दिने बुधबार सम्झौता भएको छ।

सम्झौतापत्रमा कामपाका मेयर शाक्य ललितपुरको मेयर चिरिबाबु महर्जन र चीनिया कम्पनी को झु वान बि ले हस्ताक्षर गरेका हुन।

काठमाडौं र ललितपुर महानगरपालिकाले मंगलबार सिआरसीसीलाई नै डिपिआर बनाउन दिने निर्णय गरेको थियो।

उक्त चिनियाँ कम्पनीले यसअघी प्रारम्भिक अध्ययन गरि चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको थियो।

मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने काठमाडौं महानगर पालिकाका पुर्वाधार विकास प्रमुख महेश काफ्लले जानकारी दिए । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्नेछ । त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.