चितवनकाे प्रदर्शनी केन्द्र निर्माणकाे अन्तिम चरणमा, ४२ कराेड बढी लागत लाग्ने अनुमान 

  २०७५ पुष ४ गते ११:३०     विकासन्युज

काठमाडौं । प्रदेश नं. ३ काे सबै भन्दा ठूलाे  प्रदर्शनी केन्द्र चितवनमा निर्माण भइरहेको  छ । निर्माणाधिन उक्त प्रदर्शनी केन्द्र अन्तिम चरणमा पुगे छ । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण शुरू गरिएता पनि  निर्माण सम्पन्न गर्दा सम्म रु ४२ करोडभन्दा बढी खर्च हुने चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिएका छन् ।

उक्त प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पुर्याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको जनाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नु पर्ने बताएका छन् ।

प्रदेश नं. ३ को प्रदेशसभाको प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई सहयोग रहने जनाएका छन् । प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्ने जानकारी दिँदै सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्ने भएकाे छ।

प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा रहेको भन्दै मन्त्री लामाले तीव्र रुपमा विकास निर्माणका काम हुने साथै दर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउन समेत सुझाब दिएका छन् । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष दुवाडीले बताएका छन् ।

करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको छ ।  निर्माणाधीन उक्त केन्द्र आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजकले जानकारी दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.