पोखरा काण्ड: कक्षा ११ का विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको ऐक्यवद्धता

  २०७५ पुष ३ गते २१:३६     विकासन्युज

काठमाडौं । कक्षा ११ को नतिजामा अन्याय भएको भन्दै आन्दोलनरत विद्यार्थीहरुको मागमा ७ विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । राष्ट्रिय परिक्षा बोर्डले २०७५ जेठमा सञ्चालन गरेको विज्ञान संकायको कक्षा ११ को परिक्षाको नतिजा प्रकाशनमा गम्भिर लापरवाही गरेको थियो । त्यसका विरुद्ध विद्यार्थीहरुले ९ दिनदेखि अनसन लगायतका आन्दोलनका कार्यक्रम सुरु गरेका थिए ।

बोर्डको लापरवाहीका कारण आफुहरुको भविष्य नै अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा ७ विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्धता व्यक्त गरेका हुन् ।  मंगलबार अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली, केन्द्रिय सदस्य अशोक थापा  लगायतले अनसनस्थलमै पुगेर आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । पोखरामा क्रियाशिल ७ विद्यार्थी संगठनको प्रदेश नेतृत्वले आन्दोलनमा यस अघि नै ऐक्यवद्धता जनाईसकेको थियो ।

२७६८ जना विद्यार्थीहरुको कपी जाच्ने क्रममा लापरवाही भएको थियो । पोखरामा नाम चलेका कलेजका विद्यार्थीहरुको ग्रेडिङ ई मात्रै आएपछि विद्यार्थी, अविभावक र कलेजहरुले रि टोटलिङ गराएका थिए । सो क्रममा कैफियत देखिएको परिक्षा बोर्डले स्वीकार गरिसकेको छ । बोर्डले पुनः परिक्षा दिलाउने आश्वासन दिएको छ तर विद्यार्थीहरुले भने रि टोटलिङबाटै आफुहरुले न्याय पाउनुपर्ने बताउँदै आएका छन् । उनीहरुको आन्दोलनमा अविभावक र कलेज व्यवस्थापनको समेत समर्थन रहेको छ ।

आन्दोलनमा समर्थन जनाउन पुगेका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले लापरवाही गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले सुन्दर भविष्य बनाउने सपना बोकेर अध्ययनम तल्लिन रहेका विद्यार्थीहरुको भविष्यमाथी भैरहेको खेलबाड सह्य नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.