गुराँस लाइफ इन्स्योरेन्सले पायाे ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’

  २०७५ पुष ३ गते १८:००     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो ।

इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे ।

साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.