२३ प्रतिशत बोनस घोषणापछि समीट माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७५ पुष ३ गते १७:२१     विकासन्युज

काठमाडौं । मंगलबार समीट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य ७९ रुपैयाँले बढेर प्रतिकित्ता ८६९ रुपैयाँ पुगेको छ ।

संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको २३.५३ प्रतिशत बोनस सेयर दिने भएपछि लगानीकर्ता यस संस्थाको सेयरमा लाभान्वित भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १७ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पछि संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्ने छ ।

साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि २१ लाख ५ हजार २६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको छ ।

उक्त प्रस्तावलाई पारित गर्न संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान साँढे ८ बजे झापाको बिर्तामोडमा बस्दै छ ।

सो प्रयोजनको लागि पुस १७ गतेदेखि २७ गतेसम्म संस्थाको बुक क्लोज रहने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.