सरकारी षड्यन्त्रकाे गन्ध चाल पाएपछि बजार बन्दकाे आह्वान फिर्ता लियाैं : अनशनकारी

  २०७५ पुष ३ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज अगाडि आमरण अनसनरत शेयर लगानीकर्ता दबाब समूहका सदस्य सरकारी षड्यन्त्रको शिकार आफूहरु भएपछि आन्दोलनका लागि सडकमा फर्किएको बताएका छन् । आमरण अनसनको दोस्रो दिन मंगलबार विकास न्यूजसँग कुरा गर्दै आमरण अनशनरत तिलक कोइरालाले सरकारले षड्यन्त्र गर्न आफूहरुलाई वार्तामा बोलाएको बताउँदै त्यो थाहा पाउनेबित्तिकै आफूहरु पुनः आन्दोलनका लागि सडकमा आएको दाबी गरे ।

जुन मागका सम्बन्धमा छलफल गर्ने भनेर हामीलाई बोलाइएको थियो, हाम्रा मागहरुमाथि छलफल नै गर्न चाहेनन्, अर्थमन्त्री खतिवडाले नगर्नु भनेको विषयमा कुरै गर्न नचाहेपछि पूर्वघोषित कार्यक्रमअनुसार आमरण अनसन बसेको भन्दै सरकारको प्रभावमा परेर मिडियाहरुले समेत आफूहरुविरुद्ध लेखेको बताए । ‘हामीले मागेको भनेको बजारका समस्याहरु समाधानका लागि नीतिगत सुधार हो, तर कतिपयले बजार बढाउन आन्दोलन गरेको आरोप हामीमाथि लगाइएको छ ।’

कोइरालाले भने – ‘अहिले बजार घट्नु बजारको कारणले होइन, अहिलेको सरकार र सबै नियामक निकायहरुका प्रमुखहरुको नीति र कर्यशैली हो, त्यसैले हामीले सबै निकायका प्रमुखहरुको राजीनामालाई प्रमुख माग बनाएका हौं ।’

अर्थ मन्त्रालय र नियामक निकायहरुले तीन वर्ष अघि नै गर्छौ भनेर प्रतिवद्धता जनाएका विषयहरु जुन नेतृत्वले चाहेमा तत्कालै वा केही दिनभित्रै हुन सक्छन्, त्यसका लागि हाम्रो दबावपूर्ण अभियान हो, यो आफूहरुको मात्र नभई बजारमा लगानी गर्ने सम्पूर्ण लगानीको आवाज भएको भन्दै अन्य लगानीकर्ता संघका प्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा अघि बढेको आरोप उनीहरुको आरोप थियो । स्वतस्फुर्त बजार बन्द गर्न अाफुहरुले गरेकाे अाह्वानविरुद्ध सरकारी षड्यन्त्रकाे गन्ध देखिएपछि अाफुहरु साे निर्णय फिर्ता  लिएकाे दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.