बैंकिङ व्याजदर वृद्धिको असर नेप्सेमा, सेयर बजार पुनः करेक्सनको बाटोमा

  २०७५ पुष ३ गते १५:१७     विकासन्युज

काठमाडौं । साताको दुई दिन निरन्तर दोहोरो अंकले बढेको बजार मंगलबार दोहोरो अंकले घटेर पुनः करेक्सनको बाटोतर्फ लागेको छ । मंगलबारकाे नेप्से परिसूचक १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको निक्षेप व्याजदरका कारण सेयर बजार घटेको जानकारहरु बताउँछन् । बैंकहरुले मासिक व्याज भुक्तानीमा वार्षिक १३.५ प्रतिशतसम्म व्याज दिने भएका छन् । उक्त आकर्षक व्याज पाउने लोभमा लगानीकर्ताहरु सेयर बजारमा भन्दा बैंकतिर आकर्षित भएका देखिन्छ । यसले गर्दा मंगलबारकाे सेयर बजारमा गिरावट देखिएकाे हाे ।

बजार दोहोरो अंकले घट्दा निर्जीवन बीमा समूह उच्च अंकले ओरालो छ । यो समूह एकैदिन १९२ अंकले घटेको छ । जीवन बीमा ४९, विकास बैंक २०, माइक्रोफाइनान्स १८, हाइड्रोपावर १६ र बैंकिङ् समूह १५ अंकले राताम्मे भएका छन् । सो दिन उत्पादनमूलक र अन्य समूह क्रमशः ९ र ५ अंकले हरिया देखिएका छन् ।

मंगलबार नेप्से परिसूचकमा गिरावट भएपनि सेयर कारोबारमा भने सुधार भएको छ । दिनभर १५९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.