युनाईटेड इन्स्योरेन्सद्धारा मृतक थापाको परिवारलाई ५ लाख बीमा भुक्तानी

  २०७५ पुष ३ गते १४:०२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले मृतक शेर बहादुर थापाको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । कम्पनीले निजकी श्रीमती कल्पना थापालाई सो रकमको चेक दिएको हो ।

उक्त चेक अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद बेल्बासे, कम्पनीका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समिति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

मृतक शेर बहादुर थापाको जीप चलाउने क्रममा दुर्घटना भएको थियो । त्यसपछि उपचारको क्रममा उनकाे मृत्यु भएको हो । इन्स्योरेन्सले कम्पनीको नियमानुसार साे मात्राकाे बीमा भुक्तानी गरेको बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.