मुक्तिनाथ विकास बैंकको २१५ औं वित्तीय साक्षरता कार्यक्रममा ४० हजार उपस्थित

  २०७५ पुष ३ गते १३:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २१५ औ वित्तीय साक्षरता कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आशयको साथ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्षेत्र भित्रका स्थानियहरुलाई कार्यक्रममा सहभागी गराउदै आएको बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो । विद्यार्थीहरुको आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ, भन्ने विषयवस्तु उक्त कार्यक्रममा समावेश गरिएको थियो ।

बैंकले हालसम्म २१५ स्थानमा करीब ४० हजार स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेका छन् । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भएपनि वित्तीय रुपमा साक्षर नभएको महशुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.