स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

  २०७५ पुष ३ गते १२:२३     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा वित्तीय संस्थाका जनशक्ति व्यवस्थापन विभाग र कर्जा विभाग प्रमुख पवन बराल र हरिशरण गिरीले सञ्चालन गरेको थिए ।

कार्यक्रमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र सञ्चालनमा रहेका २० वटा शाखाका सम्पुर्ण फिल्ड सहायकहरुको सहभागिता रहेको थियो । परासीको वर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न उक्त कार्यक्रमको लक्ष्य प्राप्तिको साथै थप उत्प्रेरित वनाउने र फिल्ड कर्मचारीहरुको वृद्धि विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रममा संस्थाका ६७ जना सहभागि रहेका थिए । सहभागीहरुलाई सकरात्मक सोच र इच्छा शक्ति भए जस्तो कार्य गर्न सकिने भन्दै थप उर्जा प्रदान गरेका छन् । संस्थाले सदस्य विस्तार, सदस्य परिचालन, धितो कर्जा लगानीमा उत्कृष्ट हुन सफल कर्मचारीलाई पुरस्कृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.