ऐलानी जग्गा मुआब्जाको नाममा २२० केभीकाे कोसी करिडोर रोकिँदैन: शेरधन राई

  २०७५ पुष २ गते १७:४८     विकासन्युज

काठमाडौं । धरान उपमहानगरपालिकाले कोसी करिडोरको विस्तारमा अवरोधको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोसी करिडोर २२० केभी लाइन विस्तारमा समस्या आएपछि आयोजनाले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा आफ्नो विचार राख्दै प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले पर्यटन विकासको नाममा उपमहानगरपालिकाले आयोजनामा अवरोध गर्नु सुहाउदो विषय नभएको बताए । ‘आयोजनाको विकास गर्दा चुप लाग्ने अहिले सिमित व्यक्तिको स्वार्थको लागि आयोजनामा अवरोध गर्नु मिल्दैन यो विषय अब प्रदेश सरकारले हेर्छ मुख्यमन्त्री राईले भने विकासमा अवरोध स्वीकार्य हुदैन ।’

हरेक व्यक्तिले पोल रोक्न थाले विद्युत विस्तारको काम अघि बढाउन नसकिने विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए । विद्युत विस्तारमा देशैभरी समस्या रहेको भन्दै समाधानको लागि समाधानका लागि जनप्रतिनिधिसँग अपिल गरे । कार्यक्रममा आयोजना प्रमुख राजन ढकालले कोरिडोरको समस्याको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोरिडोरमा उपमहानगरपालिका, रुख कटान र बालुवा गिट्टीको समस्या रहेको बताए ।

प्रदेश १ का सभामुख प्रदिप भण्डारीले ऐलानी जग्गाको मुअब्जाको लागि स्थानियलाई उचाल्ने काम भएको बताए । उनले सो स्थानमा निजी जग्गा भन्दा पनि ऐलानी जग्गा धेरै रहेको र सो जग्गा स्थानीयको नाममा नभएकोले समस्या उब्जिएको बताए ।

उपमहानगरपालिका वडा नं. २० मा केबलकार, प्याराग्लाइडिङ, पार्क, विमानस्थलको लागि आयोजनाले असर गर्ने स्थानीयको भनाई छ । आयोजनाबाट १ जनाले मअब्जा समेत लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.