नेपाली बजारमा डस्नाभन्दा क्लासिक म्याट्रेस सस्तो छ : रमेश काफ्ले

  २०७५ पुष २ गते ८:३५     विकासन्युज


क्लासिक म्याट्रेसका प्रमुख कार्यकारी अधिकृत रमेश काफ्ले बहुआयामिक व्यक्ति हुनुहुन्छ । राजनीति, वकालत, लेखन, कम्पनी व्यवस्थापन, उत्पादन, व्यापार प्रवद्र्धन सबै काम उहाँको लागि नयाँ छैन ।

 कानुनमा स्नातक तह पास गर्नु भएका काफ्ले कर्पोरेट सेक्टरमा वकालत थाल्नुभयो । यहि क्रममा गोर्खा व्रअरी, एनएस, केडिया, चौधरी ग्रुप तथा अन्य कर्पोरेट कम्पनीमा आवद्ध भइ काम काम गर्नुभयो । हाल उहाँ क्लासिक म्याट्रेसको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । प्रस्तुत छ नेपालमा म्याट्रेसको बजार र क्लासिक म्याट्रेसको  बारेमा काफ्लेसँग विकासन्यूजका लागि राजाराम न्यौपानेले गरेको कुराकानी ः


क्लासिक म्याट्रेसको कारखाना पहिले काठमाडौँमा थियो पछि सिमरामा सारियो, किन ?

पहिले हाम्रो कारखाना काठमाडौँको बाँसबारीमा थियो । विगत ३ वर्षदेखि हामीले काठमाडौँको ठाउँ सानो भएको महशुस गरेर सिमारामा कारखाना सारेका हौँ । पहिले कारखाना भएको ठाँउमा हामीले अहिले गोदाम राखेका छौँ । हामीलाई काठमाडौँमा भन्दा सिमारामा कारखाना सञ्चालन गर्न सहज भएको छ । हामीले कारखाना सिमारा सारेपछि कारखानालाई विस्तार पनि सजिलो भएको छ ।

क्लासिक म्याट्रेसको विशेषता के हो ?

हामीले गुणस्तरीय म्याट्रेस उत्पादन गरिरहेका छौँ । नेपाली स्प्रिङ्ग म्याट्रेसका लागि हामी पायोनियर हौँ । हामीले हाम्रा सबै ग्राहकहरुलाई २ वर्षदेखि १० वर्षसम्मको ग्यारेन्टी दिएर बिक्री गरिरहेका छौँ । ६ हजार देखि ७० हजारसम्मको म्याट्रेस ग्राहकले प्रयोग गर्न पाएका छन् । अत्याधुनिक प्रविधिको प्रयोग गरेर म्याट्रेस उत्पादन गरेका छौ । पुर्ण रुपमा हाम्रो उत्पादन स्वास्थ्यकर पनि छ । हामीले स्थापना गरेको क्वायर प्लान्ट दक्षिण एशियाकामै पहिलो प्लान्ट हो । पोलिस्टर फाइबर र कोकोनंट फाइबर मिक्स गरेर हिटिङ सिस्टमबाट म्याट्रेस तयार गछौँ । यसरी म्याट्रेस तयार गर्दा कुनै पनि प्रकारको केमिकल प्रयोग भएको हुँदैन । त्यसैले यो म्याट्रेस सबैका लागि विशेष बन्दै गहिरहेको छ । हामीले बनाएको म्याट्रेस नेचुरल पनि छ ।

विदेशी म्याट्रेसमा केमिकलको प्रयोग गरिएको हुन्छ त ?

विदेशबाट आउने क्वायर म्याट्रेसहरुमा पोलिस्ट्रार फाइबर र कोकोनंट फाइबर एक आपसमा जोड्नका लागि रबर र अरु केमिकल पनि प्रयोग गरिएको हुन्छ । त्यसरी तयार पारिएको म्याट्रेस राम्रो स्वास्थ्यका लागि राम्रो हुँदैन ।

विदेशी म्याट्रेसको प्रयोगले स्वास्थ्यका लागि कस्तो असर गर्छ ?

बजारमा केही उद्योगहरुले पि–फर्म को प्रयोग गरेर उत्पादन गरेको पनि पाइएको छ । पिफम भनेको प्याकिङ्ग म्याटेरियल हो । सामानहरु प्याकिङ्गको लागि प्रयोग गरिने म्याटेरियल हो । त्यस्तो खालको पि–फर्र्म म्याट्रेसका लागि कदापि प्रयोग गर्नु हुँदैन । सामानहरु प्याकिङ्गको लागि प्रयोग गरिने मेट्रियलहरु प्रयोग गरेका म्याट्रेसहरु पनि बजारमा आएका छन् । ति म्याट्रेसहरुले स्वास्थ्यमा राम्रो गर्दैन र पि–फर्म बेडको लागि प्रयोग गर्न बनाइएको हैन ।

क्लासिक म्याट्रेसको बजार हिस्सा कस्तो छ ?

नेपालमा हाम्रो क्लासिक म्याट्रेस एक नम्बरमा नै हो । उत्पादन र बजार हिस्साको हिसाबले हामीले बजार लिइरहेका छौँ । प्रत्येक वर्ष बजारमा माग बढेर ३०\४० प्रतिशत उत्पादन वृद्धि गर्ने गरेका छौँ ।

क्लासिक कुन कुन प्रकारको म्याट्रेस उत्पादन गरेर बजारमा ल्याएको छ ?

क्लासिकले क्वायर र स्प्रिङ्ग म्याट्रेसले उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको छ । स्प्रिङ्ग म्याट्रेस अलि आरामदायी हुन्छ । हामीले सबै वर्गले प्रयोग गर्न सक्ने म्याट्रेस पनि उत्पादन गरिरहेका छौँ । ग्राहकको माग अनुसार पनि हामीले गुणस्तरीय म्याट्रेस बनाउने गरेका छौँ ।

क्लासिक म्याट्रेसको लक्षित वर्र्ग को हो ?

हामीले सामान्य परिवारका डस्ना प्रयोग गर्नेदेखि स्टार होटलहरुलाई मध्यनजर गरेर म्याट्रेस उत्पादन गरिरहेका छौँ । हाम्रो म्याट्रेस डस्नाभन्दा पनि सस्तो छ । डस्ना १\२ वर्षमा नै बिग्रिएर जान्छ त्यसलाई फेरि बनाउने खर्चलाई हेर्ने हो भने हाम्रो म्याट्रेस सस्तो पर्न जान्छ । मानिसहरुको बुझाईमा पनि परिवर्तन हँुदै गहिरहेको छ । सस्तो र धेरै टिकाउ हुने भएपछि उपभोक्ताको म्याट्रेसप्रति रुचि बढ्दै गहिरहेको छ ।

बाहिर बसेर आएका ग्राहकले अलि आरामदायी नै प्रयोग गरिरहेका छन् । विभिन्न स्टार होटलहरुले पनि क्लासिकका म्याट्रेसहरु प्रयोग गरिरहेका छन् ।

नेपालमा बनेको र विदेशबाट ल्याएको म्याट्रेसमा के फरक हुन्छ ?

विदेशबाट नेपालमा ल्याएका म्याट्रेसभन्दा नेपालमा नै उत्पादन गरेको म्याट्रेस राम्रो र गुणस्तरीय हुन्छ । नेपालमा उत्पादन गरेको म्याट्रेस ल्याबबाट पास भएको हुन्छ, तर विदेशबाट आएको म्याट्रेस कस्तो छ भनेर कुनै पनि निकायले टेस्ट्र गरेको पाइँदैन । विदेशबाट आयातित म्याट्रेसको कुनै ग्यारन्टी हुँदैन । तर नेपालमा बनेको म्याट्रेसहरुमा ग्यारेन्टी पनि हुन्छ । विदेशबाट आएका म्याट्रेसभन्दा नेपालमा नै बनेको म्याट्रेसको उत्पादन लागत २५ प्रतिशत कम छ । त्यसैको कारणले पनि नेपाली म्याट्रेस सस्तो र गुणस्तरीय छ । विदेशी म्याट्रेसको ग्यारेटी हुँदैन । विदेशी म्याट्रेस कुन मापदण्ड अनुसार बनेको छ, भनेर मापन गर्ने हाम्रो भन्सारहरुमा कुनैपनि यन्त्र छैन । स्वदेशमा नै अन्र्तराष्ट्रिय स्तरको म्याट्रेस निर्माण भएपछि विदेशी म्याट्रेसलाई रोक्ने हो भने देशको व्यापार घाटामा पनि कमी आउँछ ।

कुन वर्गले म्याट्रेस बढी प्रयोग गरिरहेका छन् ?

डस्ना प्रयोग गर्ने वर्गहरुले लागत हिसाब गरेर डस्नाभन्दा म्याट्रेस नै सस्तो छ भनेर प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताहरु सचेत भएका छन् । डस्नाजस्तो एकै ठाउँमा पोको पर्ने समस्या म्याट्रेसमा नहुने भएकाले पनि समान्य वर्गमा मानिसहरु पनि आकर्षित भईरहेका छन् । पुराना कपडा प्रयोग गरेर डस्ना बनाइ प्रयोग गर्दा स्वास्थ्यमा असर गर्छ भनेर पनि म्याटे«स निम्नदेखि उच्च वर्गले प्रयोग गरिरहेका छन् ।
तपाईले भन्नुभयो कि पुराना कपडाबाट बनाएको डस्ना प्रयोग गर्नु हुँदैन, किन ?
प्रयोग गरेर काम नलाग्ने भएपछि डस्नामा कपडा प्रयोग गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो हुँदैन । अस्पतालमा प्रयोग गरेका कपडालाई शुद्धीकरण नगरी पेलेर त्यसको डस्ना बनाउँदा स्वास्थ्यमा कस्तो हुन्छ भनेर प्रयोगकर्ताले पनि बुझिसकेका छन् ।

क्लासिक म्याट्रेसको माग प्रतिवर्ष कति प्रतिशतले बढ्ने गरेको छ ?

नेपालीहरुले क्लासिक म्याट्रेस प्रयोगमा वृद्धि गरेका छन् । हामीले अघिल्लो वर्षभन्दा यो वर्ष ४० प्रतिशतले उत्पादन वृद्धि गरेका छौँ । हाम्रो उत्पादनको बजारमा माग प्रत्येक वर्ष ३०/४० ले बढ्ने गरेको छ । ग्राहकहरुले पनि लागतको हिसाब गरेर डस्नाभन्दा क्लासिक म्याट्रेस नै सस्तो भनेर प्रयोग गरिरहेका छन् ।

स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्ने सरकारको नीति कस्तो छ ?

नेपाल सरकारले स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति नै छैन । सरकारले नेपाली उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति बनाउनु अति जरुरी छ । देश विश्व व्यापार संगठनको सदस्य भएको छ, भनेर मात्रै हुँदैन । देशमा उत्पादन हुने वस्तुहरुको सरकारले प्रोत्साहन गर्नुपर्छ । विदेशबाट बनेर आएका म्याट्रेसहरुको भन्सार सही मूल्याङ्कन हुनुपर्यो । अहिले जुन दर कायम भएर म्याट्रेसहरु नेपाल भित्रिएका छन् । ति म्याट्रेसहरु त्यो दर रेट बन्छ कि बन्दैन भनेर पनि सरकारले हेर्नुपर्छ ।

नेपाल सरकारले नै विदेशी ट्रयाग लागेर आएका सामानहरु सबै राम्रो हुन्छ भनेर बुझिहरेको छ । तर विदेशबाट आएका सामानहरु सबै राम्रो हुन्छ भने पनि हुँदैन । नेपाली म्याट्रेस र विदेशी म्याट्रेसमा कुन राम्रो हो भनेर ग्राहकले पनि राम्रोसँग बुझिसकेका छैनन् । यस्तो अवस्थामा सरकारले भने बुझेको छैन ।

नेपाली उद्योगीहरुले उद्योगको समस्या सरकालाई पनि सुनाएको छ ?

हामीले भन्सार विभागका डिजीलाई नै लिखित रुपमा नेपाली उद्योगहरुमा यो यो समस्या छ, यसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ । हामीले अर्थ सचिव र मन्त्रीहरुसँग पनि छलफल गरेका थियौँ । उहाँहरुले नेपाली उद्योगहरुलाई प्रोत्साहन गछौँ भनेका थिए । तर पछि त्यसको कुनै कार्यान्वयन भएन ।

नेपाली गलँैचाहरु जसरी म्याट्रेस विदेश पठाउन सकिन्छ ?

म्याट्रेसको नेपाली मागलाई नै अहिले राम्रोसँग पुरा गर्न सकिएको छैन । नेपालको माग पुरा भए पछि हाम्रो म्याट्रेसहरुलाई विदेशमा पठाउन सकिन्छ । हामीले तिब्बत र भारतसँग क्वायर म्याट्रेस पठाउनका लागि छलफल गरिरहेका छौँ । सरकारले उत्पादित वस्तु र कच्चा पदार्थको भन्सारमा फरक गर्नुपर्छ । सरकारले कच्चा पदार्थ र उत्पादित वस्तुको एउटै भन्सार मूल्यांकन गरिरहेको छ । सरकारले कच्चा पदार्थ र उत्पादित वस्तुको एउटै भन्सार मूल्याङ्कन गरेको कारणले नेपाली उद्योगहरु विकसित हुन सकेका छैनन् ।

नेपालमा म्याट्रेस उत्पादनका लागि दक्ष जनशक्ति छन् ?

सुरुमा हामीले भारतबाट म्याट्रेसका लागि दक्ष जनशक्ति ल्याएर नेपाली श्रमिकहरुलाई तालिम दियौँ र त्यसपछि नेपामा नै दक्ष जनशतिmहरु उत्पादन भएका थिए । नेपालमा काम सिकेर विदेश पालायन हुनेहरु पनि धेरै छन् । अहिले नेपाली बजारमा म्याट्रेस उत्पादनका लागि दक्ष जनशतिको अभाव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.