सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न

  २०७५ पुष १ गते १७:४६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न भएको छ ।

जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महा प्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बाक्लो स्थानिय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथ कम्पनीका महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्वकाे बारे जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.