ग्रीन डेभलपमेन्ट बैंकको चार शाखा एकसाथ विस्तार

  २०७५ पुष १ गते १७:३०     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चार शाखा कार्यालयहरु संचालनमा विस्तार गरेको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।

हालसम्म ८ पुगेको र छिट्टै ३ शाखा खोल्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताएका छन् ।
बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ ।
बैंङ्गको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत  विस्तार गर्दै लग्ने योजना रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.