नारायणी डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन

  २०७५ पुष १ गते १७:१७     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को सोह्रौ र सत्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा संचालक समितिका अध्यक्षद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन पारित गरि आर्थिक बर्ष २०७५/७६ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गरेको छ ।

नयाँ संचालक समितिको गठन भएसँगै सात आर्थिक वर्षसम्म सम्पन्न हुन नसकेको साधारणसभा नौ महिनाको अवधिमा सम्पन्न भएको छ । सभाले बैंकको शेयर संरचना परिवर्तन गरि संस्थापक शेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरिएको छ ।

सभामा प्रस्तुत गरिएको बिशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र बैंकको निर्देशानुसार न्युनतम चुक्ता पूँजी पुर्याउन पूजीबृद्धि गर्ने प्रस्ताव र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.